Sahid Image

नेपाल निजामती कर्मचारी संगठन

Nepal Government Employees' Organization

केन्द्रीय कार्य समिति, बबरमहल, काठमाडौँ, २०४७

Central committee, Babarmahal, Kathmandu, 2047

Message From President

नेपालको निजामती क्षेत्रको पहिलो, ठूलो, शक्तिशाली ट्रेड युनियनको रुपमा स्थापित संस्था हो नेपाल निजामती कर्मचारी संगठन । २०४७ सालमा स्थापना भए लगत्तै २०४८ सालको ५६ दिने ऐतिहासिक र अविष्मरणीय पेसागत आन्दोलन संचालन र यसपछि निरन्तर पेसागत हकहितका लागि गरेका संघर्षका कारण यो संगठनको उचाई अझै बृद्धि भएको छ । चालिस हजार सदस्य संगठित रहेको, यस संगठनको अभिभावकत्वमा अठ्सठ्ठी जिल्लामा सहकारी संस्था संचालनमा रहेका, आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल यस संगठनको सदस्य हुनु हामी सबैको गौरवको विषय हो ।

बत्तीस वर्षको सांगठनिक यात्रामा राष्ट्रसेवकहरुले धेरै उपलब्धि हासिल गर्नुमा यो संगठनको उल्लेखनीय भूमिका रहँदै आएको छ । एघारौ महाधिवेशन २०७८ फागुन २८-३०, काठमाडौंमा सम्पन्‍न भए पश्‍चात संगठनले राष्ट्रसेवक सहकारी संस्थाहरुलाई प्रभावकारी बनाउन, केन्द्र देखि स्थानीय तहसम्म प्रशिक्षणका कार्यक्रमलाई संचालन गर्न, एकता, एकीकरण र प्रवेश कार्यक्रमलाई अझ तिव्रताका साथ अघि बढाउन र विधि, पद्धति र विधान सम्मत अनुशासित ढंगले संगठन संचालन गर्ने काममा सिङ्गो संगठन प्रयत्‍नरत रहेको छ । विगतमा भएका कमि कमजोरीलाई सुधार गर्दै सबै राष्ट्रसेवकहरुको अपेक्षा अनुरुप पेसागत हकहित र अधिकारको रक्षार्थ काम गर्ने प्रतिवद्धता समेत यस संगठनले जनाइसकेको छ ।

पाँच वर्षे संघीय संसदले संघीय निजामती सेवा ऐन नेपाल सरकारले दिन सकेन । हाम्रो तर्फबाट भरमग्दुर प्रयासका बाबजुद पनि सहकारी हेपाहा प्रवृत्ति र ट्रेड युनियनप्रति सरकारको संकुचित दृष्टिकोण ऐन जारी गर्न बाधक बने । आगामी मंसिर ४ गतेको आम निर्वाचन पश्‍चात संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय तहको ऐन जारी गर्ने तर्फ संगठनको अर्जुनदृष्टि रहेको छ । अन्तराष्ट्रिय रुपमा हाम्रा भाइचारा संस्थाहरुसँगको सम्बन्ध विस्तारमा समेत हामी त्यती नै क्रियाशील छौ ।

उल्लेखित महत्वपूर्ण कामहरु सम्पादन गर्ने सहयोगी प्रकाशनको रुपमा सम्पूर्ण कार्य समिति, सहकारी, अग्रज, स्थानीय तहका जनप्रतिनिधिको विवरण समेत समेटी “सम्पर्क डायरी – २०७९” प्रकाशन गर्न लागेकोमा संगठन विभाग र सहयोगी संगठनहरु प्रति धन्यवाद दिँदै संगठनको श्रीवृद्धिमा यो प्रकाशनले महत्वपूर्ण र सकारात्मक प्रभावको अपेक्षा सहित शुभकामना दिन चाहन्छु ।

अन्त्यमा निकट भविष्मा आइरहेका विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, ईद लगाएतका महत्वपूर्ण चाडपर्वहरुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७९ असोज ३
लेखनाथ कोईराला
अध्यक्ष