|
पेशागत हक अधिकार प्राप्ति र रक्षाका लागि २०४७ सालमा स्थापितनेपाल निजामती कर्मचारी संगठननेपालका
निजामती कर्मचारीहरुको सकृय सहभागिताबाट अघि बढि रहेको जुझारु संगठन हो ।
संगठन निजामती प्रशासनलाई सक्षम, सुदृढ र समयानुकुल बनाउन आफ्ना स्पष्ट
दृष्टिकोण अगाडि सार्दै र कर्मचारीहरुको पेशागत सवालहरुलाई राज्यले ठीक
ढंगले संबोधन नगरी बाध्य बनाएको अवस्थामा विभिन्न स्वरुप र स्तरका
आन्दोलनहरु संचालन गर्दै आईरहेको छ ।
संगठनको उद्देश्य
- कर्मचारीहरुको कर्तव्य र दायित्वप्रति बफादार रही पेशागत हकहितको संरक्षण एवं सर्म्बर्द्धन गर्ने,
- देशको निजामती प्रशासनलाई बढी सुदृढ, प्रभावकारी एवं गतिशील बनाई नेपाल सरकारलाई सहयोग पुर्याउने,
- निजामती कर्मचारीहरुमा जनसेवाको भावना विकसित गरी निजामती सेवालाई गरिमामय र सम्मानित सेवाको रुपमा विकसित गराउने,
- श्रमिक तथा श्रमजिवी पेशाकर्मी पक्षिय टे्रड यूनियन आन्दोलनमा जोड दिने,गरिन्छ ।
|